Techie IT
  • २८ असोज २०८२, मंगलबार

राखेपले दियो टेबलटेनिस खेलको मुख्य प्रशिक्षकको जिम्मेवारी ढुंगेललाई


निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि, राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस खेलको मुख्य प्रशिक्षकको जिम्मेवारी सन्जिवकुमार ढुंगेललाई दिएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए ।

आफुले पाएको जिम्मेवारीलाई अब आफुले इमान्दारीपूर्वक निर्वाह गर्ने र टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

१३ औं सागमा नेपालले टेबुल टेनिसमा १ रजत ४ कांस्य पदक जितेको थियो । सागमा ढुंगेल नेपालको प्रशिक्षण टोलीमा रहेका थिए ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्