रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक

एजेन्सी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड उपाधिको नजिक पुगेको छ । सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो ।
रियललाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ । लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छ । फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए ।
दोस्रो हाफको सुरुवातमा ग्रानाडाका डर्विन माचिसले एक गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । ग्रानाडा छैटौ स्थानमा रहँदै ५४ अंक जोडेको छ ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्