बार्सिलोनालाई लज्जास्पद हार दिलाउँदै, बायर्न म्युनिख सेमिफाइनमा प्रवेश

एजेन्सी ।
शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८(२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब बायर्नले सेमिफाइनलमा प्रीमियर लिग क्लब म्यानचेस्टेर सिटी र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग खेल्ने छ ।
पोर्चुगलको लिस्बनस्थित स्टाडिओ डा लुजमा भएको खेलमा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्नलाई जित दिलाउन थोमस मुलर र फिलिप्पे काउटिन्होले २ र २ गोल गरे । त्यस्तै इभान पेरिसिक, सर्जे नाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोवस्किले १ र १ गोल गरे ।
बार्सिलोनाका लागि लुइस सुआरेजले १ गोल गर्दा १ गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमा रोबर्ट लेवन्डोवस्किको पासमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नबित्दै डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरीमा आएको थियो ।
२१ औं मिनेटमा पेरिसिकले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । उनले नाब्रीको पासमा गोल गर्दै २(१ को अग्रता दिलाए । २७ औं मिनेटमा नाब्रीले गोल गर्दै बायर्नलाई ३(१ गोलले अगाडि बढाए । ३१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे । उनले जोसुआ किमिचको क्रसमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ४(१ गोलको अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा जोर्डी अल्बाको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा अल्फोन्सोको क्रसमा किमिचले गोल गर्दै बायर्नलाई ५(२ गोलले अगाडि बढाए ।
७५ औं मिनेटमा मैदान प्रवेश गरेका काउटिन्होले २ गोल र १ असिस्ट गरेका थिए । ८२ औं मिनेटमा लेवान्डोवस्किको गोलमा असिस्ट गरेका थिए । त्यस्तै ८५ औं र ८९ औं मिनेटमा व्यक्तिगत २ गोल गर्दै बायर्नलाई ८(२ गोलको फराकिलो जित दिलाएका थिए ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्