मिशन अम्बेडकर नेपालद्धारा अलइन्डिया तेक्वान्दो हेडकोच जैगडिलाई सम्मान

गाेवा – मिशन अम्बेडकर नेपाल संस्थाले अलइन्डिया तेक्वान्दो हेडकोच प्रकाश जैगडिलाई स-सम्मान तथा पुरस्कित गरेकाे छ । नेपालीका छोरा अलइन्डिया तेक्वान्दो हेडकोच प्रकाश जैगडिलाइ मिशन अम्बेडकर नेपाल संस्थाले लगायत विभिन्न संग संगठनले सम्मान तथा पुरिस्कृ गरेकाे हाे ।
जैगडि लकडाउको समयमा आफ्नो पुर्खौली घर नेपाल कैलाली आएका थिए । विगत दुई दशकदेखि तेक्वान्दो खेलमा निरन्तरता दिएका उनी भारतमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त गरिसकेका छन् ।
आफू प्रवासमा रहे पनि नेपाल राष्ट्रलाई खेलमार्फ विश्व सामु चिनाउने आफ्नो अन्तिम धोको रहेको जैगडिले बताए । उनले खेल जगतलाई बढावा नदिएसम्म हामीले विकास र समृद्धि हासिल गर्न नसक्ने पनि बताएका छन् । उनले थुप्रै बलिवुड कलिवुड नेपाल आर्मी लगायतहरुलाइ तेक्वान्दो ट्रेनिङ समेत गराएका छन् ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्