Techie IT
  • २ असोज २०८२, बिहीबार

बिल गेट्सले बनाए २० अर्बमा स्मार्ट चर्पी


काठमाडौं- माइक्रोसफ्टका संस्थापक तथा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका अध्‍यक्षसमेत रहेका बिल गेट्सले पानी बिनाकै चर्पीको निर्माण गरेका छन्।

 चीनको बेइजिङमा भएको चर्पीहरुको एक्सपोको उद्घाटन गर्दै उनले भनेका छन्, ‘अब साधारण ट्वाइलेटभन्दा स्मार्ट ट्वाइटेको जमाना आयो जहाँ पानी नै भइकन पनि दिसा बस्न सकिनेछ। साथै मलमूत्रलाई मलको रुपमा प्रयोग गर्न सक्छौँ।’

बिल गेट्सका अनुसार उक्त ट्वाइलेटको प्‍यानलाई प्राविधिक रुपमा निर्माण गरिएको छ, जहाँ मानव मलमूत्रलाई मलको रुपमा रुपान्तरण गर्न सकिनेछ। यसका साथै त्यसलाई केमिकल हालेर तरल र ठोस रुपमा समेत मलको रुपमा प्रयोग गर्न सक्ने उनले बताएका छन्।


क्याटेगोरी : प्रविधि

तपाईको कमेन्ट लेख्नुहोस्