Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

एसएमएस धेरै जनालाई पठाउनका लागि एनटीसीको बल्क सेवा उपयोगी


काठमाडौं-  नेपाल टेलिकमले विगत पाँच वर्षदेखि आफ्ना ग्राहकहरुलाई भनेर एकै प्रकारको सन्देश अर्थात् एसएमएस धेरै जनालाई पठाउनका लागि बल्क एसएमएसको सेवालाई निरन्तरता दिएको छ।

उक्त सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ-संस्थाहरुका लागि बढी उपयोगी हुने टेलिकमको दावी छ।

यसका साथै टेलिकमले व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि उक्त सेवा उपयोगी हुने जनाएको छ।

यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ।

ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ।


क्याटेगोरी : प्रविधि

तपाईको कमेन्ट लेख्नुहोस्