Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

प्रहरीका असई चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं– सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०र७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्