काठमाडौं-तराई दुर्तमार्गको निर्माण २०८१ सालमा सकिन्छः नेपाली सेना

काठमाडौं – काठमाडौं–तराई दुर्तमार्ग (फास्ट ट्र्याक)को निर्माण ०८१ सालमा सकिने नेपाली सेनाले जनाएको छ । सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी एव्म फास्ट ट्र्याक आयोजना प्रमुख शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् ।
भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर गरी निर्माण कार्यलाई प्राथमिकताका आधारमा विभाजन गरेर विभिन्न चरणमा काम अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कुल ७२।५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५।५ मिटर सडक, ६।४१ मिटर सुरुङ हुनेछन् । द्रूतमार्गमा ८७ वटा पुल हुनेछन् । १०।५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्