जनताको सेवाका लागि प्रहरी खरो रुपमा उत्रिनुपर्छ : आईजीपी खनाल

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीहरुलाई जनताको सेवाका लागि प्रहरी खरो रुपमा उत्रिनुपर्ने बताएका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय तेह्रथुमको नवनिर्मित भवनको उद्घाटन गर्दे आईजीपी खनालले जनताको मन जित्ने गरी काम गर्न प्रदेश प्रहरी र मातहतको जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिए । खनालले प्रहरीलाई संयमित भएर काम गर्न निर्देशन दिए ।
‘जनताको सुरक्षामा कुनै कसर बाँकी नराख्नूस । आफूलाई संयमित बनाएर काममा लाग्नुहोस्’, निर्देशन दिँदै खनालले भने । खनालले सानातिना असफलतालाई मूल्यांकन गरेर प्रहरीले कामै गरेन भन्न नहुने पनि बताए ।
‘सानातिना असफलताले प्रहरीको मुख्य काम ओझेलमा परेका छन्,’ खनालले भने, ‘संगठनभित्र र जनतालाई सुरक्षा दिने मामलामा प्रहरीमा दर्जनौं काम भएका छन् ।’
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्