Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

२४ एसपीको सरुवा, चितवनमा गंगा पन्त र झापामा कृष्ण कोइराला


काठमाडौं- २४ प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबार बसेको बैठकले २४ प्रहरी उपरीक्षक एसपीहरूको सरुवा गर्ने निर्णय गरेको हो।

झापामा कृष्ण कोइराला, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, धनुषामा रमेशकुमार बस्नेत, काभ्रेमा रवि पौडेल, मकवानपुरमा सुशिलसिंह राठोर सरुवा भएका छन्। विश्वमणि पोखरेल सर्लाही र रविन्द्र रेग्मीको धादिङमा सरुवा भएको छ।

रौतहटमा मोहम्मद अफताब आलमको अनुसन्धान गरेका भुपेन्द्र खत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा ल्याइएका छन्। चितवनमा रहेका दानबहादुर मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा गरिएको छ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्