Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

सार्वजनिक यातायातमा एसएसपी ढकालसहित अनुगमन समितिको छड्के


काठमाडौं – महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भिम प्रसाद ढकालले सार्वजनिक सवारी साधनको अनुगमन गरेका छन् । अनुगमन समितिका पदाधिकारीहरूसहित आज सुन्धारा पुगेर महाशाखा प्रमुख ढकालले २३ वटा भाडाका सार्वजनिक सवारीहरूमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमि कमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ । सार्बजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपुर्ण भुमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।

सवारी दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यबस्थापनका लागी चालकहरु व्यबसायिक, अनुशासित र दक्षताका साथ आफुलाई उदाहरणीय बनाउदै चालकहरु प्रतिको बिश्वासमा बृद्धि गर्न समेत चालकहरुलाई अनुरोध गरिएको छ ।

महाशाखा प्रमुख ढकालले यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा गोप्य रुपमा अनुगमन गरेका थिए । सोही अनुगमनका क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित विभिन्न कम्पनीरप्रा।लि। का प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो । उक्त छलफलबाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यन्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो ।

उक्त १९ वुँदे कार्यान्वयन भएरनभएको अनुगमनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा अनुगमन समितिका संयोजक प्र.उ. राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ,नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं। प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्