प्रमुख सेनानी गुरुङ महासेनानीमा बढुवा

काठमाडौं – सरकारले एक जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । मन्त्रीपरिषद्को बैठकले प्राविधिक प्रमुख सेनानी इन्द्रवीर गुरुङलाई प्राविधिक महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङ र महासेनानी अजय राईको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै नेपाली सेनाका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीसहित सात जना रथीवृन्द तथा ९ जना महासेनानीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्