सीमा विवादमा सरकार झुक्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले छिमेकी दुई देश चीन र भारतसँग सुमधुर सम्बन्ध रहेको भन्दै पछिल्लो पटक भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम रहेको बताएका छन् ।
आइतबार गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् ।
उनले छिमेकी दुई देश चीन र भारतसँग सुमधुर सम्बन्ध रहेको भन्दै पछिल्लो पटक भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम रहेको बताए ।
‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा सरकार कसैसँग झुक्दैन, उच्चस्तरीय कुटनैतिक पहलबाट विवाद समाधान गरेर लिम्पियाधुरा लगायत मिचिएको नेपाली भूमि फिर्ता गरिने छ, सरकार यसमा आश्वास्त हुन नेपाली जनातालाई आग्रह गर्दछौं’ मन्त्री ज्ञवालीको भनाइ छ ।
क्याटेगोरी : कुटनीति
तपाईको कमेन्ट लेख्नुहोस्