चीनको भूमी भारतले अतिक्रमण गरेको खुलासा

काठमाडौं – भारतले चिनियाँ भूमि पनि अतिक्रमण गरेको खुलेको छ । नेपाली सीमाना मिचेर चर्को आलोचना खेपिरहेको छ । भर्खरै जारी गरेको नयाँ नक्सामा भारतले चिनियाँ भू–भागलाई समेटेको चिनियाँ पक्षले दाबी गरेको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भू–भागसमेत नयाँ नक्सामा समावेश गरेको दाबी गरेका हुन् ।
आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए । भारतले भुटानबाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको भनाइ थियो ।
चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताए ।
उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नो नक्सामा देखाएको बताए ।
क्याटेगोरी : कुटनीति
तपाईको कमेन्ट लेख्नुहोस्