Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

सीमा अतिक्रमणबारे भारतसँग कूटनीतिक ढंगबाट समस्या हल हुन्छ :परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ – भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयलाई लिएर पहिलो दिनदेखि नै भारत सरकारसँग कूटनीतिक पहल गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बिहीबार सगरमाथा संवाद सचिवालयको उद्‌घाटन गर्दै मन्त्री ज्ञवालीले भने,‘कूटनीतिक छलफल भइरहेको छ । सरकारले गर्नुपर्ने कुरा गरिरहेको छ।’

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा भूभागलाई अतिक्रमण गरिएको नयाँ राजनीतिक नक्सा कात्तिक १७ मा निकालेको थियो। कात्तिक २० मा नेपालले परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भने।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले कूटनीतिक ढंगबाट समस्या हल हुनेमा आत्मविश्वास रहेको बताएका थिए। ‘आवश्यक पर्दा प्रधानमन्त्री स्तरको उच्चस्तरीय तहमा राजनीतिक संवाद पनि गर्न सक्छौं। त्यो विकल्प पनि खुला छ,’ उनले भनेका थिए।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्