ओमानका पर्यटनमन्त्रीलाई राजदूत ढकालद्वारा नेपाल भ्रमणको निम्तो

ओमान – ओमानका पर्यटनमन्त्रीलाई ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले नेपाल भ्रमणको निम्तो दिएकी छन् । राजदूत ढकालले पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को समुद्घाटन कार्यक्रममा उपस्थित हुन पर्यटनमन्त्री योगेश भट्टराईले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी हुन् ।
उक्त अवसरमा राजदूत ढकाल र पर्यटनमन्त्रीबीच नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको थियो ।
राजदूत ढकालले नेपालले आगामी बर्ष मनाउन गइरहेको ‘नेपाल भ्रमण बर्ष २०२०’ को पृष्ठभूमि तथा तयारी बारे मन्त्री मेहार्जीलाई जानकारी गराएकी थिइन् ।
क्याटेगोरी : कुटनीति
तपाईको कमेन्ट लेख्नुहोस्