Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

अमेरिकी राजदूत र्‍याण्डी बेरीले गरे हनुमानढोका गद्दी बैठकको अवलोकन


काठमाडौं– २०७२ सालमा गएको विनासकारी भूकम्पका कारण भत्किएको हनुमानढोकास्थित ऐतिहासिक गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभाग, अमेरिकन दूतावास, काठमाडौं महानगरपालिका, हनुमानढोका कार्यालय लगायतको समन्वय र आर्थिक सहयोगमा गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको हो । गद्दी बैठकको पुनर्निणर्माण सम्पन्न भएसँगै अब चाँडै सर्वसाधारणका लागि समेत खुल्ला गरिने छ ।

ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएसँगै मंगलबार नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सचिव केदार अधिकारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायतले अवलोकन गरे ।

अबदेखि गद्दी बैठकको ठूलो हल निर्देशित भ्रमणको लागि खुला गरिनेछ भने भुइ तल्लामा पुराना कला र ऐतिहासिक सामाग्री सहितको एक संग्राहलय हुने जनाइएको छ ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षण कोषमार्फत झन्डै ९ लाख डलरभन्दा बढीको सहयोगमा गद्दी बैठक र सँगै जोडिएको सानो द्वारसहितको भवन पुननिर्माण गरिएको हो ।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्