Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

भारतीय पक्षले समय नदिँदा माधव नेपालको भारत भ्रमण रोकियो


काठमाडौं – भारतीय पक्षले समय नदिँदा पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण स्थगित भएको छ ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न विशेष दूत बनेर दिल्ली जान लागेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण तत्कालका लागि रोकिएको छ। भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो।

‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन।’ मंसिर ४ गतेको नेकपा सचिवालय बैठकमा माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने विषयमा छलफल भएको थियो। छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए।

नेपाल–भारत सीमा समस्यामा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री ओलीले कार्त्तिक २३ गते सर्वदलिय बैठक बोलाएका थिए । बैठकमा सीमा विवादलाई कुटनीतिक तवरले हल गरिनुपर्ने नेताहरुले सुझाव दिएका थिए । त्यहि निर्णय अनुरुप प्रधानमन्त्रीले नेता नेपाललाई सिधा संवादका लागि दिल्ली पठाउने निर्णय गरेका थिए । तर प्रधानमन्त्री आफैं अस्वस्थ र मोदीले भेट्ने समय नमिलाएपछि नेता नेपालको भ्रमण रोकिएको हो ।

भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरोध भइरहेको छ। सरकारले भने यो समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल सुरु गरेको हो।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्