Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट


कैलाली – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्तरोन्नति गरी नेपाललाई आर्थिक रुपमा सवल राष्ट्र बनाउने पनि बताए । व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन दिने सरकारको नीति रहेको उनको भनाइ छ ।


क्याटेगोरी : कुटनीति

तपाईको कमेन्ट लेख्नुहोस्