गृहमन्त्री थापा र बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल र नवनियुक्त बेलायती राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिए ।
उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई आग्रह गरे ।
गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।
उनले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए ।
क्याटेगोरी : कुटनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्