Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कालापानी लगायत सीमा समस्याबारे वार्ता गर्न तयार भयाे भारत


काठमाडौं – पछिल्लो समय विवादित नेपाल–भारत सीमा समस्यासम्बन्धी नेपालले पठाएको पत्रको भारतले प्रतिक्रिया दिएको छ ।

कालापानी–लिपुलेक–लिम्पियाधुरा सीमा समस्या समाधानबारे नेपालले पठाएको पत्रको जवाफमा भारतले सीमा समस्या रहेको स्वीकार गर्दै आफु वार्ता गर्न तयार रहेको पत्र पठाएको हो ।

अघिल्लो महिना नेपालले सो विषयमा पत्र पठाएकोमा अहिले भारतले आफु वार्ताका लागि तयार रहेको बताएको हो । पत्रमा वार्ताको तिथि भने उल्लेख नगरिएको परराष्ट्र सचिव शंकर बैरागीले जानकारी दिए ।

नेपाल भारत दुवैलाई सहज हुने मितिमा नयाँ दिल्लीमा वार्ताका लागि समय तय गरिने पत्रमा उल्लेख गरिएको सचिव बैरागीले जानकारी दिए । भारतले गएको नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि भारततर्फ पारेको छ ।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्