Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

गृहमन्त्री थापा र साउदी अरेबियाका राजदुतबीच भेटवार्ता


काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदुत मसएड सुलाईमान एमआई मारवानीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदुत मारवानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरे ।

उनले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनिहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदुतसँग आग्रह गरे ।

नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदुत मारवानी मार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरे ।

भेटमा राजदुतले मारवानीले रोजगारीको सिलसिलामा हाल तिन लाख भन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेस योगदान रहेको चर्चा गरे । साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको समेत उनको भनाई छ । उनले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफुले पहल गर्ने बताए ।


क्याटेगोरी : कुटनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्