२०१९ मा नेपाल -चीन सम्बन्ध फलदायी भयाे :राजदूत यान्छी

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले २०१९ मा नेपाल –चीन सम्बन्ध फलदायी भएको प्रतिक्रिया दिएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाल र नेपालीको प्रशंशा गर्दै सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरेकी छन् ।
‘गतवर्षको नेपाल सम्बन्धमा धेरै सकारात्मक रह्यो । तपाइहरुले पनि धेरै मिहिनेत गर्नुभयो । मिडियाले पनि नेपाल चीनबीचको सम्बन्धमा सकारात्मक समाचार सम्प्रेषण गरेका छन् । यसका लागि म सबैलाई धन्यवाद दिन चाहान्छु’, राजदूतले भनिन्, ‘अब दिनमा द्विपक्षीय सम्बन्धमा पनि स्वस्थ विकासको अपेक्ष गर्छौं । म नेपालको योगदानको प्रशंशा गर्छु ।’
राजदूत यान्छीले राजनीति, अर्थतन्त्र र जनता–जनताबीचको सम्बन्ध पनि राम्रो रहेको बताइन् । ‘आर्थिक वर्ष २०१८/0१९ मा नेपालमा चिनियाँ लगानी ११ करोड ४० लाख डलरको रह्यो । बेइजिङ नेपालका लागि चौथो वर्षमा पनि सबैभन्दा ठूलो लगानीकर्ता बन्यो । २०१९ को सुरु १० वर्षको अवधिमा नेपाल चीनबीचको व्यापार १.२ अर्ब अमेरिकी डलरको भयो’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो मापनका आधारमा १३.१ प्रतिशतले वृद्धि हो । चीनले नेपालको निर्यातमा पनि ५८.१ प्रतिशतले वृद्धि भएको छ ।’
उनले नेपालका पर्यटन, नागरिक उड्डयन, रेल, सडक, जलविद्युतमा चिनियाँ सहयोग रहेको बताइन् । यान्छीले हङकङका प्रदर्शनकारीले कसरी एक देश दुई व्यवस्थाको लक्ष्मण रेखा पार गरे र सिनजियाङमा अतिवादी र पृथकतावादीले सार्वजनिक र नागरिक सम्पत्तिमा क्षति पुर्याएको बताइन् । उनले नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको जानकारी दिइन् ।
क्याटेगोरी : कुटनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्