नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन
	
				
			काठमाडौं – भारतले नेपालका लागि नयाँ भारतीय राजदूतको रुपमा विनय कुमार क्वात्रालाई छनौट गरेको छ । फ्रान्सका लागि भारतीय राजदूत क्वात्रालाई नेपालका लागि भारतीय राजदूत छनौट गरिएको दुई कुटनीतिक स्रोतले यसको पुष्टि गरेका छन् ।
क्वात्राले डिसेम्बरको अन्त्यमा कार्यकाल सकिएका भारतीय राजदूत मन्जित सिंह पुरीको ठाउँमा जिम्मेवारी सम्हाल्नेछन् । क्वात्रा विगत ३० वर्षसम्म भारतीय विदेश सेवाका सदस्य रहदै आएका थिए । उनले यो भन्दा पहिले पनि भारतको प्रधानमन्त्री कार्यालयमा सह सचिवको रुपमा सेवा गरेका थिए र भारतको विदेश मामिलाको नीति योजना र अनुसन्धान विभागमा प्रमुखको रुपमा काम गरेका थिए ।
नेपालको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले मन्त्रालयले भारतीय पक्षबाट नयाँ राजदूतको बारेमा हालै सूचना पाएको बताएका छन् ।“हामीले नेपालका लागि भारतका नयाँ राजदूतको रुपमा क्वात्राको नाममा एग्रिमोका लागि अनुरोध पाएका छौं,” वरिष्ठ अधिकारीले भने । क्वात्रा फेब्रुअरीमा काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कुटनीति
ट्याग : #breaking
				
				
				
				
				
				
तपाईको कमेन्ट लेख्नुहोस्