सार्क महासचिवमा श्रीलंकाका विराकुन नियुक्त

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क )को महासचिवमा इसाला विराकुन नियुक्त भएका छन् । उनले २०२० मार्च १ बाट कार्यभार सम्हालेका हुन् । उनी सार्कको १४ औं महासचिव हुन् । उनी श्रीलंकाका हुन् ।
नवनियुक्त सार्क महासचिव विराकुनले तीनवर्षे कार्यकाल सम्हाल्नेछन् । विराकुन भारतका लागि श्रीलंकाली राजदूत भइसकेका कूटनीतिज्ञ हुन् ।
सार्कका वर्तमान महासचिव पाकिस्तानका अम्जद वि हुसेन सियाल सार्क शिखर सम्मेलन नै नगरी बिदाइ भएका छन् । उनी यसै साता पाकिस्तान फर्कंदैछन् ।
सार्कका महासचिव भारतका लागि श्रीलंकाका राजदूत भइसकेका ब्यक्ति हुन् । उनको नाम विदेशमन्त्री स्तरीय बैठकले गत सेप्टेम्बरमा न्यूयोर्कमा अनुमोदन गरेको हो । नयाँ महासचिव विराकुन श्रीलंकाको परराष्ट्र तथा पर्यटन मन्त्रालयका पूर्वसचिवसमेत हुन् ।
क्याटेगोरी : कुटनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्