Techie IT
  • ५ वैशाख २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन् चिया बगानको पाँच करोड ३० लाख


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन। दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाका मेयर शोमनाथ ओलीले बताए। चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्