जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं – विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जना पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ शान्तिबन बस्ने ४१ वर्षीया देवी कुमारी सिजालीको घरमा जुवातास खेलिरहेको अवस्थामा सिजाली समेत १५ जनालाई नगद ७५ हजार ४ सय १५ र ६ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्