Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित एक पक्राउ


पर्सा – पर्साको बीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट शुक्रबारसशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बीरगंज महानगरपालिका ३२ चोहर्नी बस्ने २४ वर्षिय नरेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज महतोलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम ५० वटा, नोफिन ५० वटा र फेनारगन ४७ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका महतोलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कार्यालय बीरगंजमा बुझाएको छ ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्