सैनिक श्रीमती संघको ३६औं अंक ‘सेवा सुमन’ बिमोचन

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक श्रीमती संघको ३६औं अंक ‘सेवा सुमन’ बिमोचन गरेका छन्।
सैनिक श्रीमती संघको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार आयोजना गरिएको कार्यक्रममा पुस्तक बिमोचन तथा उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा संघकी अध्यक्ष दिपा थापाले स्वागत मन्तव्य राख्नुका साथै संघको आगामी कार्य योजना प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।
सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानविय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्चालन गर्ने उद्देश्यका साथ सैनिक श्रीमती संघको स्थापना भएको हो।
साथै उक्त संघले मुनाफा रहित जनहितकारी सामाजिक कार्यहरु जस्तै रक्तदान, वृक्षारोपण, पर्यावरणको सुरक्षा, प्राकृतिक प्रकोप वा अन्य संकटको बेलामा उद्दार तथा राहत वितरण कार्य तथा समाजिक विकृतीहरु उन्मूलन गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्