लागूऔषधसहित दुई जना पक्राउ

धादिङ – लागूऔषध मुद्दाका फरार प्रतिवादी गल्छी गाउँपालिका-७ बस्ने ५० वर्षीया सरिता भन्ने दूर्गा तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीया गंगा श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङलाई जिल्ला अदालत धादिङको २०७५ असोज ९ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ तथा श्रेष्ठलाई उक्त अदालतको २०७५ कात्तिक २८ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई मंगलबार जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्