Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

नेपाल प्रहरी कसैको भनसुनमा चल्दैन : आइजीपी खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको बताएका छन् ।
दावी पनि गरे ।

बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी साझेदारी तथा समुदायमा सरकारी वकील कार्यक्रम’ को उद्घाटन समारोहमा बोल्दै उनले अपराध अनुसन्धानको कामलाई निष्ठाका साथ अघि बढाउन प्रहरीले सरकारी वकिलहरुसँग पनि सहकार्यको कामलाई अघि बढाएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन प्रहरी र सरकारी वकिलको कार्यालयबीच साझेदारी कार्यक्रम शुभारम्भ गरिएको बताए ।

उनले अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाएर पीडितलाई न्याय दिन प्रहरी र सरकारी वकीलहरुको साझेदारी कार्यक्रमले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । बुधबारबाट शुभारम्भ गरिएको सो साझेदारी कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन हुनेछ ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्