Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउइने


काठमाडौं – गृह मन्त्रालयले थप १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवलाई खटाउने आवश्यक प्रक्रिया अघि बढाएएको छ।

ती जिल्लामा यसअघि प्रजिअ उपसचिव खटाइँदै आएको थियो। गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्न मागेको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको छ। यससँगै १९ जिल्लामा सहसचिव सिडिओ र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहसचिव दरबन्दी सिर्जना गरिन लागिएको छ।

‘केही पहाडी तथा सुरक्षा हिसाबले संवेदनशील ठाउँमा प्रमुख जिल्ला अधिकारी सहसचिव राख्नका लागि दरबन्दी थपको गृह प्रस्ताव सामान्य प्रशासनबाट पास भएपछि मन्त्रिपरिषदले स्वीकृत गरेको हो,’ गृहसचिव प्रेमकुमार राईले सेतोपाटीसँग भने, ‘ती १९ जिल्लामा पद सिर्जना र दर्ताको लागि प्रक्रिया थालिएको छ।’

सहसचिवको दरबन्दी परेका जिल्लामा पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, अर्घाखाँची, प्यूठान, सल्यान, जुम्ला, रोल्पा, बैतडी, जाजरकोट, दैलेख, डडेल्धुरा र अछाम छन्।

यी जिल्लामा यसअघि सिडिओ उपसचिव दरबन्दी थियो। अब केही समयपछि सहसचिव हुने छ। उपसचिव प्रमुख जिल्ला अधिकारी भएका जिल्लामा प्रहरी प्रमुख डिएसपी दरबन्दी छ। सिडिओ सहसचिव भएका ठाउँमा प्रहरी उपरीक्षक ९एसपी० को दरबन्दी छ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्