आतंकवाद तथा सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना सक्षम छ:प्रधानसेनापति थापा

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले आतंकवाद तथा जटिल सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना तयार भएको बताएका छन् । इजरायली डिफेन्स फोर्सको सहयोगमा भएको प्रतिआतंकवाद सम्बन्धी तालिमको निरीक्षण गर्ने क्रममा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम छ ।’ थापाले यस प्रकारको तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा इन्टरओपरेबलिटी वृद्धिका लागि अवसर प्रदान हुने बताए ।
प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धि कार्बाहीमा उत्कृष्ट मानिने ईजरायली काउण्टर टेरोरिजम टिमले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम सञ्चालन गरेको हो । उक्त तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला ढाउने अवसर प्रदान भएको बताए ।
अमेरिकाले नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको विश्लेषण सार्वजनिक गरेको करिब एक महिनापछि नेपाली सेनाले जवाफ फर्काएको छ ।प्रतिवेदन सार्वजनिक भएपछि ८ मंसिरबाट सेनाले सञ्चालन गरेको तालिम अर्थपूर्ण रहेको सैनिक अधिकृतहरु बताउँछन् ।
नेपाली सेनाले लामो समयको अन्तरालपछि इजरायली काउन्टर टेरोरिजम टोलीसँग अभ्यास गरेको हो । उक्त कार्यक्रममा ईजरायलका राजदुत बेनी ओमर, रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्