Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद


काठमाडौं – सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंगलबार एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ ।

भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्