Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानसेनापति थापा र अमेरिकाको सहायक रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता


काठमाडाैं – प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता  भएको छ ।

बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री रन्डलजी सीचरिभरबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता  भएको हाे ।

 उक्त भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्