Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

२७ डिएसपीको काज सरुवा बालाजुमा राठौर, बाजुरामा भट्टराई


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले २७ डीएसपीको काज सरुवा गरेको छ। उपत्यकाका तीन बृत्त, ओखलढुंगा, दोलखा र बाजुरासहित केही युनिटको नेतृत्व परिवर्तन भएको छ।

सरुवा सुचीअनुसार महानगरीय प्रहरी बृत्त बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन्।

त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन्। त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्