Techie IT
  • १९ कात्तिक २०८२, मंगलबार

चार जिल्लाका एसपी फेरिए, जनकपुरमा जयराज सापकोटा


काठमाडौं – प्रहरी प्रधान कार्यालयले नक्सालले चार जिल्लाको प्रहरी नेतृत्व परिवर्तन गरेको छ। उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर देखिएपछी जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई तानेर एकेडेमीका एसपी रबिन्द्र रेग्मीलाई धादिङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई कानुन शाखामा सरुवा गर्दै बिश्वमणी पोखरेललाई सर्लाहीको प्रहरी प्रमुखमा सरुवा गरिएको छ। काभ्रेका एसपी जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ भने काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेल गएका छन्।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्