Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

४० हजार घुससहित इन्सपेक्टर जयनेपाल पक्राउ


काठमाडौं – नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा पक्राउ परेका छन् । वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पाटनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखामा कार्यरत थापा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा परिचालन गरिएका थिए । प्रहरीले उनी पक्राउ परेको पुष्टि गरेको छ ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्