Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपाल-भारत संयुक्त सैन्य अभ्यासमा भारतीय सैनिक सहभागी


काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यासमा तीन सय भारतीय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् । रुपन्देहीमा जारी संयुक्त सैन्य अभ्यासमा प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने विषयमा जानकारी प्रदान गरिनेछ ।

एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि ३ सय कै सख्यामा सैन्य अधिकारी सहभागी छन्। सैनिक ब्याटल स्कूल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि जारी संयुक्त सैन्य अभ्यास मंसिर ३० मा समापन हुँदैछ।

सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए। नेपाल र भारतमा वर्षेनी आलोपालो गरी संयुक्त सैन्य सञ्चालन हुने गरेको छ । अघिल्लो वर्ष भारतमा गरिएको थियो। सो अभ्यसमा नेपालबाट ९ जना महिला अधिकृत र जवानको सहभागिता थियो।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्