Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

विपद व्यवस्थापन आधारभूत तालिम समापन


काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १२औं समूहको विपद व्यवस्थापन आधारभूत तालिम शुक्रबार आयोजित एक समारोहबीच समापन भएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक बसन्तराज रजौरेले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमको क्रममा प्राप्त गरेको ज्ञान, सिप र कला कौशललाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्दै व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

असोज १४ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३, प्रहरी सहायक निरीक्षक ३, प्रहरी हवल्दार ४ र प्रहरी जवान २० गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिम संयोजक प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिए ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्