Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

गैरकानुनी क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरी क्रियाशिल हुनुपर्छ : आईजीपी खनाल


भोजपुर – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अहिलेको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको उद्‍घाटन गर्दै आईजीपी खनालले सो कुरा बताएका हुन् ।

संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै खनालले थप साधन स्रोत व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । नयाँ भवनसँगै थप उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।

उक्त अवसरमा महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई अक्षरस पालना गरी नागरिक केन्द्रीत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्