Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
Sajha Hub

एयरपोर्टका डीआईजीको आईजी सचिवालयमा सरुवा


काठमाडौं – चेन अफ कमाण्डमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी सुर्य उपाध्यायलाई प्रहरी मुख्यालय फिर्ता गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतमा रहेको बिमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेका डीआईजी उपाध्यायले आफुभन्दा कनिष्ठ डीआईजीलाई रिपोर्टिङ गर्नुपर्ने भएपछि बिदामा बसेका थिए । यसै साता भएको डीआईजी सरुवामा डीआईजी बिश्वराज पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी पाएका थिए। बरियतामा डीआईजी पोखरेल उपाध्याय भन्दा जुनियर अधिकृत हुन् ।

सिनियरले जुनियरलाई रिपोर्टिङ गर्नुपर्ने अवस्था आएको भन्दै डीआईजी उपाध्याय बिदामा बसेपछि प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको सिफारिसमा गृहमन्त्रालयले डीआईजी उपाध्यायको प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरेको हो ।

गृहमन्त्रालयले यसै साताको सरुवामा उपाध्यायलाई गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गर्न खोजेको थियो । तर त्यसबेला डीआईजी शैलेस थापा क्षेत्री र बिश्वराज पोखरेलको मात्रै परस्पर सरुवा भएको थियो । स्रोतका अनुसार डीआईजी उपाध्यायलाई अहिले तत्काललाई प्रहरी प्रधान कार्यालयमै राखेर केहिदिनमा प्रदेश पठाउने तयारी गरिएको बुझिएको छ ।

डीआईजी उपाध्यायको सरुवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयको नेतृत्व एसएसपी रामकृपाल शाहले सम्हाल्ने भएका छन् ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्