एसएसपीसहित ३४ प्रहरी अधिकृत एकैदिन अवकाश हुंदै

काठमाडौं – नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले एकैदिन शुक्रबार देखी अवकाश पाउने भएका छन् । जनपद समुहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु बिभुतिराज पाण्डे र भोजजंग शाहसहित ३४ जना सिनियर अधिकृतले भोलि शुक्रबारदेखी अवकाश पाउने भएका हुन् ।
अवकाश पाउनेहरुमा प्रहरी उपरीक्षक (एसपी) हरु राजकुमार लम्साल, अच्युतप्रसाद पुडासैनी, बिद्यानन्द माझी, प्रहरी नायब उपरीक्षक डीएसपीहरु शिवराज बस्नेत, मनोहरराज श्रेष्ठ, सुभाष गैह्रे, प्रदीप डिसि, रामशंकर कोहार, कृष्णदत्त भट्ट, बिनोदबिक्रम शाह, विनोद खड्का, कृष्णगोपाल पनेरु, कृष्णराज सापकोटा, कृष्णसुन्दर बिष्ट, चिनकपुर गुरुङ, निर्मल लामा लगायतका अधिकृत छन् ।
त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिष्णुप्रसाद पोखरेल, योगेन्द्रबहादुर हमाल, हरीदास श्रेष्ठ, राजेश राई लगायतले समेत शुक्रवारदेखि अनिवार्य अवकाश पाउदैछन् ।शुक्रबारदेखि अवकाश पाउने ३४ जना अधिकृतहरु २०४६ पुस ११ मा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्