डा. आशा सिंह एआईजी बढुवाका लागी सिफारिस

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक डीआईजी डा. आशा सिंह एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवाका लागी सिफारिस भएकी छन् । वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा। सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् ।
गृहसचिब प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिले डा। सिंहलाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो । बढुवाको सिफारिसविरुद्ध उजुरी दिने म्याद सकिएपछि मन्त्रीपरिषद बैठकले डा. सिंहलाई एआईजी बढुवा गर्नेछ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्