भारतीय सेना प्रमुख बिपिन रावत रिटायर

नयाँ दिल्ली – जनरल बिपिन रावत सेना प्रमुखको पदबाट रिटायर हुदैछन् । भारतीय सेनामा आज नयाँ प्रमुख आउने भएका छन् । उनको स्थानमा जनरल मनोज मुकुन्द नरवणे नयाँ सेना प्रमुख हुनेछन् ।
भारत सरकारको तर्फबाट जनरल बिपिन रावतलाई पहिलो चीफ अफ डिफेन्स स्टाफ घोषित गरिएको छ । आज एक कार्यक्रमकामाझ उनलाई विदाई गरिँदैछ ।
बिपिन रावतले २०१६ को डिसेम्बर ३१ मा सेना प्रमुखको कार्यभार सुरु गरेका थिए । ३ वर्षको कार्यकालमा उनको अगुवाईमा भारतीय सेनाले कैयौ सफल अपरेसन गरेको थियो । उनले आज मंगलबार नेशनल वार मेमोरियलमा गएर श्रद्धान्जली दिनेछन् । यसैगरी साउथ ब्लकमा उनलाई गार्ड अफ अनर दिइनेछ ।
जनरल बिपिन रावतले शिमलाको सेन्ट एडवर्ड स्कुलबाट पढाई गरेका थिए । पछि उनले नेशनल डिफेन्स एकेडेमीमा अध्ययन गरेका थिए । १९७८ को डिसेम्बरमा ११ गोरखा राइफल्सको पाँचौ बटालियनमा उनलाई कमिसन गरिएको थियो । आफ्नो ३८ वर्ष को कार्यकालमा उनलाई कैयौ पुरस्कारबाट सम्मानित समेत गरिएको थियो ।
उनले यो भन्दा पहिले जम्मु–कश्मीरमा राष्ट्रिय राइफल बटालियन तथा पूर्वी मोर्र्चामा इन्फेन्ट्री बिग्रेडको कमान सम्हालिसकेका छन् ।
क्याटेगोरी : सुरक्षा
तपाईको कमेन्ट लेख्नुहोस्