मेट्रोमा ‘पर्फमेन्स अडिट टिम’ गठन, प्रहरीलाई नै पक्राउ गर्न सक्ने

काठमाडौं – महानगरिय प्रहरी आयुक्त (मेट्रो ट्राफिक) कार्यालय रानीपोखरीले विशेष टोली गठन गरेको छ । मेट्रोमा कार्यरत एसपी रेवती ढकालको नेतृत्वमा गठन भएको विशेष टोलीलाई ‘पर्फर्मेन्स अडिट टिम’ नाम दिइएको छ । आन्तरिक सुद्धिकरणका लागि कार्यसम्पादन मुल्याङ्कन टोलीमा ५ जना सदस्य रहनेछन् ।
टोलीले अपराध अनुसन्धानमा प्रहरी परचालन र सेवा प्रवाहमा प्रभावकारिताको मूल्याङ्कन गर्नेछ । प्रहरी आचरणविरुद्धको कारबाही गर्नेविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र आर्थिक अनुशासनमा शून्य शहनशीलताको नीति लिएर अडिट टिम बनाइएको राखीपोखरीका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
व्यवसायिकता, सम्बन्ध र समन्वयको अवस्था, प्रहरी पोशाक तथा असवाबको प्रयोगमा चुस्त दुरुस्तताको मूल्याङ्कन, मानव अधिकार संरक्षणको अवस्था र बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमताका नागरिकप्रतिको व्यवहारबारे मूल्याङ्कन गरेर पनि टोलीले रिपोर्ट बुझाउने उनले बताए ।
निरीक्षणका क्रममा आर्थिक अनियमितता, सेवाग्राहीसँग गलत व्यवहार वा मादक पदार्थ सेवा गरेको भेटिए टोलीले प्रहरीलाई नै पक्राउ गन सक्नेछ । ‘पर्फर्मेन्स अडिट टिम’ जुनसुकै बेला पनि अनुगमनमा निस्कन सक्ने बताउँदै पोखरेलले हरेक प्रहरी युनिटको प्रोफाइल तयार पारिनुका साथै अडिटको आधारमा नियमित सुपरिवेक्षण हुने जनाए ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्