इराकमा तैनाथ नेपाली शान्ति सैनिकलाई सर्तकता अपनाउन निर्देशन

काठमाडौं – नेपाली सेनाले इराकमा तैनाथ नेपाली सेनालाई सर्तकता अपनाउन निर्देशन दिएको छ । सेनाको जनसम्र्पक निर्देशनालयले बुधवार एक विज्ञप्ती जारी गर्दै शान्ति सेनालाई उच्च सुरक्षा सर्तकताका साथ रहन निर्देशन दिएको जनाएको छ ।
सेनाले लेबनान र सिरियामा तैनाथ रहेका युनिटहरुलाई समेत उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ । सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिक सकुशल रहेको समेत जनाएको छ ।
संयुक्त राष्ट्रसंघको सहयोग मिसन अन्तर्गत नेपाली सेनाको गार्ड युनिट इराकको किरकुक र इरबिलमा तैनाथ छ। विज्ञप्तीमा इराकमा तैनाथ सैनिक युनिटलाई विशेष सुरक्षा सर्तकता अबलम्वन गर्न,परिस्थितिको निरन्तर अनुगमन गर्न तथा सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्