Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

डीआईजी पोखरेलले जवान र हवल्दारसँगै मेसमा खाना खाएपछी…


काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका छन् ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले कीर्तिपुर प्रहरी बृत्त अवलोकन तथा निरीक्षणको क्रममा प्रहरी जवान र हवल्दारको मेसमा सँगै बसेर खान खाएका हुन् ।

प्रहरी उच्च अधिकृतहरू महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल, महानगरीय प्रहरी कार्यालयका एसएसपी रेवती ढकाल, बृत कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जवान र हवल्दारससँगै बसेर खाना खाएका थिए ।

डिआइजी पोखरेलले कनिष्ठ प्रहरी अधिकृतको पीर/मर्का बुझ्नका लागि पनि वरिष्ठ प्रहरी अधिकृतले यो दायित्व निर्वाह गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।

आइतबार मात्रै उनले महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै हरेक साँझ जवान हवल्दारकै मेसमा गएर खाना खान आफ्ना मातहतका वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए ।

सिनियर प्रहरीले जुनियर प्रहरीलाई गर्ने व्यवहार, आचरण, अनुशासन सबै कुरामा ख्याल गर्दै व्यवसायिक कामप्रति निष्ठावान तवरले अगाडि बढ्न कुनै कसर बाँकी राख्न नहुने उनले बताए ।

प्रहरीभित्रका समस्या आदान प्रदान गर्दै पीर/मर्का आदानप्रदानमा सहयोग पुग्ने र आफूले देखे/जानेको, भोगेको कुरा निर्धक्न भन्न सक्ने वातावरण सिर्जना हुने पोखरेलले बताए ।

डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुले हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन दिएका थिए । डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताएका थिए ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्