Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

सेनाले ‘एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार’ आयोजना गर्दै


काठमाडौं – नेपाली सेनाले ‘एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार–२०७६’ आयोजना गर्ने भएको छ । सेनाले आगामी माघ २ गतेदेखि ५ गतेसम्म जंगी अड्डास्थित सभामण्डपमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीगण, वरिष्ठ पदाधिकारीहरु, पुरातत्वविद, इतिहासविद, भूगोलविद, पर्यटन व्यवसायी संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, पत्रकार एवं नेपाली सेनाका रथीवृन्द तथा अधिकृत (भू.पू. सहित) हरुको सहभागितामा ‘एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार–२०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

‘एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार–२०७६’ को समुद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्ने गर्ने भएका छन् । उक्त सेमिनारमा कार्यक्रमको अवधारणा, ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा नेपाली सेनाको सहभागिता, नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाईल निर्माण, एकीकरण मार्ग कार्यक्रम सम्बन्धि वृत्तचित्र प्रदर्शन, एकीकरण मार्ग कार्यक्रम सम्बन्धी छलफल लगायत अन्य समसामयिक विषयवस्तुहरुबारे छलफल गरिने सेनाले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त सेमिनारको समापन उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन् ।

नेपाली सेनामा ‘इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका–२०७६’ लागु भइसकेको छ भने यस प्रकारको सेमिनारले ऐतिहासिक सम्पदाको रुपमा रहेको गढी तथा किल्लाहरुको संरक्षण एवं सम्वर्धन भई राष्ट्रिय एकताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्