Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

सशस्त्रले थप्यो नेपाल–भारत सीमामा तीन वटा ‘बीओपी’


बर्दिया – नेपाल–भारत सीमामा तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थपिएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थप गरेको हो ।

नेपाल—भारत दक्षिणवर्ती खुला सीमानामा पर्ने गुलरिया नगरपालिकास्थित कट्टी, बढैया ताल गाउँपालिकाको कण्ठपुर र मधुवन नगरपालिकाको भग्रैयामा बीओपी सञ्चालनका लागि ३१ नम्बर हेडक्वाटर बर्दियाले स्विकृति दिएको सशस्त्र प्रहरीबल प्रदेश नम्बर ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

बीओपीको संख्या बढेसँगै अब एउटा पोस्टले ८ किलोमिटरसम्मको दूरीमा सुरक्षा दिने भएको छ ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्